डिप्रेशनदेखि यी रोगको अचुक औषधी हो 'ओखर'


काठमाण्डौ -
नेपालमा सजिलै पाइने तथा तिहारमा अनिवार्य मानिएको ओखर बहुपयोगी रहेको एक अध्ययनले देखाएको छ । अमेरिकामा गरिएको एक अध्ययनका अनुसार ओखर खानाले डिप्रेशनको खतरा कम गर्नेदेखि शुक्राणु बढाउनेसम्म काम गर्ने दाबी गरिएको छ । क्यालिफोर्निया यूनिभर्सिटीका सोधकर्ताले नियमित ओखर खाने व्यक्तिहरुमा डिप्रेशनको असर २६ प्रतिशत कम भएर जाने पाइएको दाबी गरेका छन्।न्यूट्रेन्ट जर्नलमा प्रकाशित सो अध्ययनकाअनुसार ओखर खानाले शरीरमा उर्जा बढाउँछ र एक्लोपनबाट मुक्त गराउँछ ।

२६ हजार भन्दा धेरै अमेरिकी युवाहरुलाई सहभागी गराइएको सो अध्ययनका क्रममा ओखर खाँदा शुक्राणु बढाउने, क्यान्सर र मुटु रोगबाट बचाउने काम समेत गर्ने पत्ता लागेको बताइएको छ । पुरुषहरुको शुक्राणु संख्या संसारभरको एक ठूलो समस्याका रुपमा लिइन्छ । वैज्ञानिकहरुका अनुसार शुक्राणु बढाउने उत्तम उपाय ओखरको सेवन पनि हो ।

अध्ययन अनुसार हरेक दिन ७५ ग्राम ओखरको सेवनले पुरुषमा शुक्राणु, जीवन शक्ति र गतिशीलतामा सुधार भएको छ । ओखरको सेवनले क्यान्सरसहित अन्य मुटु सम्बन्धी रोगहरुको खतरा कम गर्न पनि मद्दत गर्छ । यसको सेवनले कोलेस्ट्रल कम हुन्छ ।


Post a Comment

0 Comments