तनहुँको घाँसीकुवा र पार्कस्थलको अस्तित्व सङ्कटमा

तनहुँ -  नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्तलाई यस स्थानसम्म पु¥याउन प्रेरणादायी बनेको घाँसीकुवा र पार्कस्थलको अस्तित्व सङ्कटमा पर्ने देखिएको छ ।पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीकुवा र भानुघाँसी पार्कस्थल सडकले असर पु¥याउने देखिएकाले अस्तित्व सङ्कटमा पर्ने भएको हो । जीवनभर घाँस काटेर कमाएको पैसाले केही नाउ रहोस् भनि त्यतिबेला घाँसीले उक्त स्थानमा कुवा निर्माण गर्नुभएको थियो । जुन अहिले पनि संरक्षणको अवस्थामा रहिआएको छ ।

सदरमुकाम दमौलीबाट करिब पाँच किलोमिटर पूर्वमा घाँसीकुवा भन्ने स्थान पर्दछ । घाँसीको सम्मानमा उक्त स्थानलाई तत्कालीन घाँसीकुवा गाविस नामकरण गरिए पनि अहिले उक्त व्यास नगरपालिका-१२ मा पर्दछ ।सडक विस्तारसँगै अहिलेको घाँसीकुवा र भानु-घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने अवस्था आउने हुँदा यसको संरक्षणका लागि समयमै सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ । हाल व्यास नगरपालिका-५ स्थित मानहुँ मामाघर पुगेर पैदल बाटो फर्कने क्रममा यही स्थानमा उहाँको घाँसीसँग जम्काभेट भएको भनाइ छ । घाँसीको प्रेरणाबाट उत्साहित भएका आदिकवि भानुभक्तले नेपाली भाषा साहित्य क्षेत्रमा अतुलनीय योगदान दिनुभएको छ ।

घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरिदिएकाले घाँसी को थिए भन्ने पहिचान अझै खुल्न नसकेको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराईले बताउनुभयो । घाँसीकुवा रहेको भन्दा दुई सय मिटर दूरीमा पर्ने उत्तरतर्फ करिब एक रोपनी सार्वजनिक जग्गामा स्थानीय बासिन्दाले भानु-घाँसी पार्क निर्माणको लागि दिने निर्णय गरिसकेकाले त्यस ठाउँमा पूर्वाधार निमार्ण गर्न उचित देखिएको उहाँले बताउनुभयो ।

Post a Comment

0 Comments