याद बनेर यसरी आउने गर्छ ।

आज पुराना साथीहरूको यादले नमिठो संग चिमोटी रहेको छ ।
ती तमाम साथीहरूलाई लाखलाख सम्झनाका कोसेलीहरु पठाई रहेको छु । संगत गुनाको फलहरुले कति सफल बनाए कती विफल बनाए । तर पनि जिन्दगीको यात्रा निरन्तर अगाडि बढी रहेको छ । मानव जीवनचक्र यस्तै रहेछ साथी हो, जसरी पृथ्वी ब्रह्माण्डको चक्कर लगाई रहेको छ त्यसरी नै जिन्दगीले पनि जिउने बहानामा दुनियाभर चक्कर लगाई रहनु पर्ने रहेछ । 
जिन्दगीका अनगिन्ती यी यात्रामा कति साथी भेटिए कति छुटिए कुनै हिसाब राख्न नसकिने, तर पनि जीवन यात्राका क्रममा भेटिएका ती तमाम साथीहरु संग विताएका पलहरु भने कुनै न कुनै समयका लागि यादगार बनी रहने रहेछ । 

 जिन्दगीलाई मैले धेरै पटक फरकफरक तवरले जिउने कोसिस गरेँ, फरकफरक स्थानमा आफुलाई उभ्याउने प्रयास गरेँ । यसकारण पनि मैले बढी मात्रामा भिन्न प्रकारका साथीहरु पाएको छु । जहाँ जस्तो अवस्थामा जुन साथी भेटिएता पनि त्यो साथी मेरो लागि खास रहने गर्छ । म आफुले आफुलाई अलिकती भिन्न स्वाभावको छु झैं लाग्छ । साथीभाई संग जिन्दगीका दुखद पलहरु भन्दा सुखद क्षणलाइ प्रस्तुत गरेर त्यो पललाई खुसी बनाउने प्रयत्न गर्नेगर्छु ।

यतिबेला उमेरले ३-१० प्रवेश गर्ने बेला पनि भै सक्यो । तथापी स्वभाव भने उहीँ १७-१८ कै झैँ हुने गर्छ मेरो । त्यसअर्थमा पनि मलाई कहिले काहीँ ठुला व्यक्तित्व तथ मान्यजनहरुले झट्टै विश्वास गर्दैनन् । मैले कुनै पनि ठाउमा स्थान पाउनका लागि कति पापड पेल्नु पर्छ भन्ने कुराको राम्रै अनुभव पनि छ   ।  तर मैले आज सम्म जति अरुका लागि कार्य गरेँ ९५% सन्तुष्ट छन् भन्ने लाग्छ ।  जुनसुकै क्षेत्रमा कार्य गर्दा होस्, लगनशील, कर्तव्यनिष्ठ र इमान्दारीता सदैव आवश्यक छ । 

घडीको सुईलाई जति पछि धकेले पनि उसको पुग्ने गन्तव्यमा उ पुग्नै पर्छ । हामी पनि उहीँ त हो । जिन्दगी यति बेला अलिबढी ब्यबहारिक भएको छ । अब हिजको जस्तो समय रहेन । भोलि आजको जस्तो रहन्न । तरपनि हिजको यादमा भोलि सम्म बाँची रहनेछु । 
जिन्दगीले गोलो चक्कर लगाई रहँदा फेरि बाटोमा भेटिएँ भने के छ साथी भनेर बोलाउनेगर्नु ।  बुढोपनाले अनुहारमा बदलाव आउन सक्छ तर त्यस्तै निश्छल, कञ्चन, अटलताले भरिएको उमंग लिएर फेरि जोडिने छौं । 
सबैमा मीठो सम्झना
। 

मन प्रसाद गुरुङ उर्फ मन 
साविकको ढापुक सिमल भञ्ज्याङ् - भीरकोट न.पा.८ पखेरे ।

पढाई: 
भाग्योदय स्याङ्जा ।
जनप्रिय पोखरा ।
टी.एम.सी. पोखरा ।

Post a Comment

0 Comments